• राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • समाचार
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • प्रवास
    • प्रविधि
    • विचार
    • राशिफल
    • रोचक
    • रोजगारी

सयौं बिघा नेपाली जमिन भारतीय कब्जामा

  • Share
  • Tweet
  • Google+

टीकापुर । कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका–३ कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । भारतीय पक्षले नेपाल–भारतको सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् । केही समयअघि सीमा विवाद अन्त्य गर्न आएको दुई देशका टोलीलाई स्थानीयले सीमा स्तम्भ पुरानै स्थानमा राख्न माग गरेका थिए । दुई देशको सिमाना छुट्याउन आएको टोलीले भारतीय पक्षले सीमा सारेकै ठाउँबाट नापी गर्न थालेपछि स्थानीयले सीमा स्तम्भ पुनर्निर्माणमा अवरोध गरेका थिए ।

टोलीले विवादित १०७ नम्बर सीमा स्तम्भ गुगल म्यापका आधारमा भन्दै हालकै स्थानमा पुनर्निर्माण गर्न खोजेपछि स्थानीयले अवरोध गरेका हुन् । ०५६ सालमा उक्त सीमा स्तम्भ भारतीयले एकलौटी ढंगले नेपालतर्फ झन्डै ५० मिटर सारेको जनाएका छन् । कुसुमघाटका स्थानीय जनक साउदले त्यसबेला ‘गुगल म्याप’ प्रविधिबारे आफूहरूलाई जानकारी नभए पनि भारतीय पक्षले एकलौटी ढंगले सीमा सारेको बताए । ‘हाम्रो आँखाअगाडि स्तम्भ सारेका हुन् । दुई देशका टोलीले अहिलेकै स्तम्भलाई आधार मान्ने भनेपछि हामीले विरोध गरेका हौं’, साउदले भने, ‘त्यो सीमा स्तम्भ सार्ने बेला गुगल म्याप प्रविधि नै थिएन, कसरी पत्याउन सकिन्छ ।’

भारतीय पक्षले दसगजा नजिकैको नेपाली बस्ती हटाउन खोजेपछि सीमा स्तम्भ सारिएको बारे स्थानीयले थाहा पाएका थिए । भारतीय पक्षको प्रतिकार गर्दा पटक–पटक झडप भएको साउदले बताए । भारतीय पक्षले एकलौटी ढंगले ५० मिटर नेपालतर्फ सारेको सीमा स्तम्भ ०६४ सालमा विभिन्न विद्यार्थी संगठनले भत्काएका थिए । सीमा स्तम्भभन्दा दक्षिणतर्फ भारतको भूभागमा नेपालीको करिब ५० बिघा जमिन परेको छ । केही जमिनमा अझै पनि नेपालीले खेती गर्दै आएका छन् । त्यहाँ रहेका घर भारतीय पक्षको आक्रमणले हटाउन बाध्य भएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार केही वर्षअघि १०८ नम्बर सीमा स्तम्भसमेत सारिएको थियो ।

१०६ नम्बर सीमा स्तम्भ त्यसअघि मोहना नदीले बगाएको छ । ‘स्तम्भ नदीले बगाएपछि दुई देशको सीमा छुट्याउने आधार नै हराएको छ । झन्डै ५०/६० बिघा जमिन भारतीय भूमिमा मिसिएको छ’, स्थानीय रमेश बोहराले भने, ‘भारततर्फ गएको जमिन स्थानीयले खनजोत गर्न पाएका छैनन्’, बोहराले भने । ०२४ सालदेखि बसोवास गर्दै आएका नेपालीको घर मोहना नदीपारि थियो । स्थानीय हर्क साउदले नदीले सीमा स्तम्भ बगाएकाले नेपालीलाई भारतीयले दुःख दिन थालेपछि नदीवारि बसाइँ सरेको बताए । ‘झन्डै पाँच सय घरपरिवार नदीपारि थिए’, उनले भने, ‘नदीले सीमा स्तम्भ बगायो । भारतीयले दुःख दिन थालेकाले कुसुमघाटमा बस्न थालेका हौं ।’

सीमा स्तम्भ सारिएको बारे पटक–पटक सरकारी पक्षलाई जानकारी गराउँदासमेत वास्ता नगरेकाले नेपालको सयौं बिघा जमिन भारतीय पक्षले खनजोत गर्दै आएको साउदले बताए । ‘०२४ सालयता नेपालको सयौं बिघा जमिन भारतीयले मिचेका छन् । खेती गरिरहेका छन्’, साउदले भने । भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भने, ‘सीमा मिचिने क्रम जारी छ । सीमा मिचिएको बारे माथिल्लो तहमा जानकारी गराएका छौं ।’

स्थानीयले अवरोध गरेपछि सीमा विवाद त्यत्तिकै छाडेर दुई देशका टोली फर्किएका थिए । टोलीले जिल्लाका कतिपय सीमा स्तम्भको स्पष्ट रेखांकन गर्न सकेको छैन । कैलालीमा रहेका ५३ जंगे (मुख्य) र दुई सय २९ सहायक सीमा स्तम्भमध्ये एक सय ३२ सीमा स्तम्भ गायव छन् । जसमध्ये २० जंगे (मुख्य) र एक सय ३ सहायक सीमा स्तम्भ मात्रै छन् । कतिपय सीमा नदीले बगाएको छ ।

संबन्धित शीर्षकहरु

यस्ता गुण भएका युवती हुन्छन् भाग्यमानी
के हो गोत्र ? किन सम्भव हुदैन सगोत्री बिवाह ?
वीरगञ्जको घण्टाघर तनावग्रस्त
मनाङमा अधिक चिसो, बग्दाबग्दैको खोलाको पानी जम्यो

ताजा अपडेट

यस्ता गुण भएका युवती हुन्छन् भाग्यमानी

ShareTweetGoogle+ काठमाडौं । हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका...

रोहित शेट्टीको फिल्ममा काम माग्न साराले गरेकी थिइन् यस्ता हर्कत

Share Tweet Google+ एजेन्सी । बलिउड अभिनेत्री साराले हात जोडेर फिल्ममा काम मागेको बताएकी छिन् । उनले...

बोल्टले क्रिकेट इतिहासमा बनाए दुर्लभ रेकर्ड

Share Tweet Google+ एजेन्सी । न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले श्रीलंकाबिरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा ६...

बालाजु वाइपासमा टिप्पर पल्टिँएपछि..

Share Tweet Google+ काठमाडौं । बालाजु वाइपासमा टिप्पर पल्टिँदा सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको ज्यान गएको छ...

यो हप्ता विदेशी मुद्राको भाउमा उतारचढाव: आज कति छ भाउ

Share Tweet Google+ काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ...

प्रधान सम्पादक

दुर्लभ भट्टराई

सम्पादक

यादव देवकोटा

सहायक सम्पादक

प्रकाश खट्टिवडा

सम्बाददाता

मनोज तिमल्सीना

सम्बाददाता

मुकेश साह

सम्बाददाता

सागर श्रेष्ठ

अध्यक्ष

रोशन पोखरेल

प्रबन्ध निर्देशक

नितेश खट्टिवडा

व्यवस्थापक

विरोचन सुवेदी

सम्बाददाता

मनोज अर्याल

सम्बाददाता

शुशिल पौडेल

Web Designer

त्रिविक्रम रेग्मी
Online Khabar Patrika
सम्पर्क

अनलाईन खबर पत्रिका प्रा. ली.
ठेगाना : काठमाडौँ, नेपाल

+977-0000000000

onlineservicenepal@gmail.com
Website : www.onlinekhabarpatrika.com