बोल्टले क्रिकेट इतिहासमा बनाए दुर्लभ रेकर्ड

एजेन्सी । न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले श्रीलंकाबिरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा ६ विकेट लिए । उनको घातक बलिङ सामु श्रीलंका मात्र १०४ रनमा अलआउट हुन पुग्यो । १६ रनको अन्तरमा पाकिस्तानले ६ विकेट गुमाएको थियो । योसँगै उनी ११ बलको अन्तरमा ५ विकेट लिने पहिलो बलर पनि बने । उनीबाहेक टिम साउथीले ३ तथा कलिन डी ग्रेन्डहोमले एक विकेट लिए । म्याचको दोस्रो दिन श्रीलंका चार विकेटको क्षतिमा ८८...

रोनाल्डोसँगको तुलनाबारे मेस्सीले के भने यस्तो

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले फुटबललाई माया गर्ने भए पनि आफ्नो लागि परिवारभन्दा ठूलो केही नरहेको बताएका छन् । ‘मलाई फुटबल मनपर्छ तर मेरा लागि परिवारभन्दा माथि केही छैन’ उनले भनेका छन् । पाँच पटक बालोन डिओर र पाँच पटक नै गोल्डेन बुट्स जितिसकेका मेस्सीले फुटबलमा यत्ति धेरै गर्न सक्छु भन्ने विश्वास पहिले आफूमा नरहेको पनि बताए । क्रिष्टियानो रोनाल्डोसँगको तुलनाबारे पनि उनले बताए । जसमा उनले भनेका...

किन ‘ए’ डिभिजन लिगमा विभागीय टिम बन्दैछन् कमजोर ?

कुमार चौलागाई, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ३ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । वि सं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जारी लिगमा पुलिस चारमा जित, तीनमा बराबरी र तीनमा हार बेहोर्दै तालिकाको छैटौँ स्थानमा छ । कुनै बेला लगातार तीन पटक उपाधि...

इपिएल : फितलो व्यवस्थापन कि अम्पायर गलत ?

काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटको फाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको फाइनलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सले उपाधिका लागि भिड्ने पक्का भएको छ । ललितपुर प्याट्रियट्सले पहिलो क्वालिफायर खेलमा काठमाडौं किङ्स इलाभेनलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको फाइनल समीकरण पूरा भइसक्दा...