बालाजु वाइपासमा टिप्पर पल्टिँएपछि..

काठमाडौं । बालाजु वाइपासमा टिप्पर पल्टिँदा सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको ज्यान गएको छ । २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दलबहादुरकी श्रीमती सानोनानी र नुवाकोट ककनीका प्रज्ञारत्न लामा रहनुभएको छ । माटो बोकेर धर्मस्थलीबाट माछापोखरीतर्फ गइरहेको ना ७ ख ७००५ नम्बरको ट्रिपरले चारवटा ट्याक्सी र चिया बेच्ने ठेलागाडालाई ठक्कर दिँदा ठेलागाडामा चिया बेच्दै आएका धादिङको धुनिवेशी नगरपालिकाका दलबहादुर बिसुंखेको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको शिक्षण अस्पताल...

हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना, एक जनाको गयो ज्यान

रुकुम पूर्व । हिउँमा चिप्लएर ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । रा १ त १६९४ नम्बरको ट्याक्टर पुथा उत्तरगंगा गाउँपालिका–१२ गरखानीमा दुर्घटना हुँदा भुमे गाउँपालिका–१ का १८ वर्षीय विस्मत गुरुङ्गको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । पुथा उत्तरगंगा गाउँपालिकाको तकसेराबाट कोलतर्फ किराना सामान लिएर जाँदै गर्दा सडकमा हिउँ परेका कारण चिप्लिएर बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी...

झापाको मेचीनगरमा आगलागी, एक दर्जन घर जले

झापा । झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागी नियन्त्रणमा आएको छ । राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाका डिएसपी महेश थापाले बताएका हुन् । थापाका अनुसार आगो नियन्त्रणका लागि मेची नगरपालिका, बिर्तामोड, चन्द्रगढीको दमकल, सुरक्षाकर्मी तथा स्थानीय भएर नियन्त्रणमा आएको हो । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । ८ वटा फुसका घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट...

दश वर्षीया बालिकामाथि बलात्कार

बारा । बारामा एक दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । प्रसौनी गाउँपालिका–५, कि एक दलित बालिकामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । बालिकालाई गाउँकै एक युवकले तोरीबारीमा लगेर बलात्कारको प्रयास गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो । बालिकाको अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा संलग्न युवकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटनामा संलग्न युवक फरार छन् र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक सानुराम...